इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार इलाम सदरमुकाममा भएको फोनिजको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन् ।
माबोहाङ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी अधिवेशनबाट नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
समिति उपाध्यक्षमा सङसेमी माङयुङ, सचिवमा सिर्जना श्रेष्ठ, सहसचिवमा एलिना गुरुङ र कोषाध्यक्षमा सरिता राई निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा सुनिता मगर, डिल्लीमाया लिम्बू, सरोज जवेगू र प्रकाश साउदेन निर्वाचित भएको निर्वाचन समिति संयोजक चक्र येक्तेन (अभिषेक) ले जानकारी जानकारी दिए ।
अधिवेशनले सटेन्द्र जवेगू, रीता राराहाङ, अतित योङहाङ, सन्तोष नेम्बाङ, सुजता सुनुवार र काकीराम लावतीलाई संघीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित गरेको छ । त्यस्तै राम योङहाङ, बुद्धमाया सोङ्मी, सुनिता राई, लोकेन थेवे, जीवन योङहाङ, सुशिल मोरोहाङ, सोम सुनुवार, सुस्मा श्रेष्ठ र ताराविर लिम्बू प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समिति संयोजक येक्तेनले जानकारी दिए ।
फोनिज निवर्तमान अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन फोनिजका केन्द्रीय उपाध्यक्ष कमन देवानले गर्नुभएको थियो ।