२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

माओवादीले ‘जनतासँग माओवादी’ अभियान चलाउने



झापा । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ। काठमाडाैंमा पार्टीको तीन दिनसम्म चलेको बैठकले उक्त निर्णय गरेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘पार्टीले सुरूको ६ महिना अभिायन र अभियानको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय गरेको छ, उक्त अभियान जनतासँग माओवादी भन्ने नारासहित चलाउने निर्णय भएको छ ।’जनतासँग माओवादी भन्ने अभियान समाजवादका लागि एउटा कोशेढुंगा हुने विश्वास गरिएको उनले बताए ।

संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भिर छलफल भएको उल्लेख गर्दै संविधान संशोधनभन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा भएको बताए।

 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : २१ बजे