२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

पवित्रहाङमा गोल्ड कपमा आज रोयल दमक र पाहुना टोली दार्जिलिङ भिड्दै



माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज रोयल स्पोर्टिङ क्लब दमक झापा र दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतविच प्रतिस्पर्धा हुँदैछ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार रोयल दमकले पाहुना टोली दार्जिलिङको सामना गर्ने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा पथरीशनिश्चरे खेलकुद समिती मोरङलाई ३–० ले हराउँदै ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा सञ्चाल भइरहेको १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।

महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

प्रतियनेििगतामा आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको छ ।

 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ४ : ३७ बजे