५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

पवित्रहाङमा गोल्ड कपमा आज दिपेन्द्र शिखर इलामले र रोयल दमकको सामना गर्दै



माङसेबुङ । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज दिपेन्द्र शिखर फुटबल क्लव इलाम र रोयल स्पोर्टिङ क्लब दमक झापाविच प्रतिस्पर्धा हुँदैछ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार हुने दोस्रो सेमिफाइनलमा दिपेन्द्र शिखर इलाम र रोयल दमक आमुने सामुने हुने भएका हुन् । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङमाथि १–० को कठिन जित निकाल्दै कनकाई नगरपालिका झापा फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ४७ बजे