५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

इलामको माङसेबुङमा किरात धार्मिक पर्व कुसङ तङबे चैत नै किन ? शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न



माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व कुसङ तङबे चैत नै किन ? शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विहिबार माङसेबुङ ५ भालुटार स्थित वडा कार्यलयको सभाहलमा किरात इत्नामको एघारौं शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्जिक मुन्धुम निसामहिमका तुमसिकसाम्बा ललितचन्द्र फियाकले किरात धार्मिक पर्व कुसङ तङबे चैत नै किन ? शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

किरात कम्युनिटि अर्गनाइजेशन अफ अमेरिकाले प्रायोजन गरेको एघारैं शृङखला कार्यक्रममा तुम्याहाङको रुपमा किरात साम्जिक मुन्धुम निसामहिमका पूर्व तुमसिकसाम्बा हरिकुमार आङबुहाङ रहेका थिए ।

हरेक महिना विभिन्न विषय अन्तर्गत रहेर कार्यक्रमको आयोजना गदै आइरहेकोमा यसअघि किरात इत्नामको दशौं शृङ्खला कार्यक्रम अन्तरगत गत माघ २० मा सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका तुमसिकसाम्मा कल्पना लिङदेनले मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

किरात मल्टिमिडिया, किरात चोत्लुङ मिडिया प्रालि, किरात आवाज डटकम र इङघङ माङसेबुङ आवाज र इङघङ डटकम मिडियाद्वारा आयोजित कार्यक्रम विभिन्न व्यक्तित्वहरुको विचार, विमर्श, ज्ञान र अनुभवहरु व्यक्त गर्ने साझा कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ११ : २९ बजे