३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

विजयको शव्द तथा शाहिलको संगीतमा नरेश र सुनिताको ‘मेरी साँइली’ सार्वजनिक



माङसेबुङ । गायक तथा संगीतका नरेश लिङदेन र गायिका सुनिता थेगिमको आवाजमा विल्कुलै नयाँ गित ‘मेरी साँइली’ सार्वजनिक गरिएको छ ।

विजय मगरको शव्द तथा शाहिल लिम्बूको संगीतमा टिपिकल लोक भाका र पालाम फ्युजन गरेर तयार पारिएको मिठो भाका ‘मेरी साँइली’को लिप्सिङ भिडियो सार्वजनिक गरिएको हो ।

विषम आचार्यको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियो र माहोल रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

गितमा विक्रम राई, दिप्सन लिम्बू, शाहिल लिम्बू संगिता रानापायली र तारा लिङदेनले समेत सपोर्टिङ आवाज भरेका छन् ।

दामी क्रिएशनले तयार पारेको भिडियो गायक तथा संगीतकार शाहिल लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ०५ बजे