२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

याक्थुङ मुनचइत चोक सयङ पान्थरको अध्यक्षमा जवेगू निर्वाचित



फेदेन । याक्थुङ मुनचइत चोक सयङ (याक्थुङ चलचित्रकर्मी संघ) पान्थर जिल्ला अध्यक्षमा फुङ्सो जवेगू निर्वाचित भएका छन् ।

याक्थुङ मुन्चइत चोक सयङका केन्द्रीय अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यमा शनिबार पान्थरको फेदेनमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले जवेगूलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

नवनिर्वाचित उपाध्यक्षमा भूपेन योङ्हाङ, सचिवमा रजनी हाङ्सरुम्बा, सहसचिवमा बुद्ध केरुङ, कोषाध्यक्षमा अमृता जवेगू रहेका छन् ।

यसैगरी सदस्यमा निशाम तुम्बापो, उत्तम योङ्हाङ, सुयोन आङ्देम्बे, विवेक हाङ्सरुम्बा, मनेन्द्र केरुङ, समीर जवेगू छन् ।

यस्तै सल्लाहकारमा मधु केरुङ, नरेन्द्रराज केरुङ, बुद्धराज लिम्बु र सुरेन शिशिर केरुङ रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : २१ बजे