गायिका गंगा फियाकको नयाँ गीत सार्वजनिक भएको छ। गंगा र नोगेन हाङ्सरुम्बाको स्वरमा रहेको लिम्बू भाषाको ‘साम्याङ युप्पा’ बोलको गीत ‘गंगा फियाक’ युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।
लक्ष्मी नाम्लाक्पा नेम्बाङले रचना गरेको गीतमा विवेक हाङ्सरुम्बा र सागर केरुङले संगीत भरेका छन्। गीतमा पप र लिम्बू मौलिक लय फ्युजन गरिएको छ। लिम्बू मौलिक लयको प्रयोगले गीतलाई अझ कर्णप्रिय बनाएको छ।
दिनेश माङमुको कथा तथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर प्रेम कथा प्रस्तुत गरिएको छ। निःस्वार्थ प्रेममा मायासँग सम्पत्तिको तुलना हुनै नसक्ने कथाले सन्देश दिएको छ।
भिडियोमा सुभम चाम्लिङ राई र सन्ध्या फियाकको अभिनय रहेको छ। भिडियोको सम्पादन अनिल रानाले गरेका छन्।