७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

माङसेबुङमा बान्तवा भाषा पठनपाठनको तयारी



माङसेबुङ गाउँपालिकाका विद्यालयहरूमा राई बान्तवा भाषाको पठनपाठन हुने भएको छ।

गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा साउन २३ गते बसेको बैठकले बान्तवा भाषा पठनपाठन गर्न आवश्य पाठ्यक्रम निर्माणका लागि मदनकुमार राईको संयोजकत्वमा समिति ‘बान्तवा भाषा पाठ्यक्रम लेखन कार्यदल’ गठन गरिएको छ। राई गाउँपालिका शिक्षा समितिका सदस्य तथा जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्।

समितिको सदस्यमा सिङ्घेश्वरी आधारभूत विद्यालय (आवि)का प्रअ उदय राई‚ किरात राई यायोक्खा इलामका जिल्ला सदस्य तथा पूर्वशिक्षक गुञ्जकुमार राई‚  जीवनज्योति माविका शिक्षक सकुन्तला राई‚ सरस्वती आविका प्रअ अम्बिकाप्रसाद राई र गाउँपालिकाको शिक्षा शाखाका अधिकृत युवराज खनाल रहेको गाउँपालिकाका प्रवक्ता सुसन राईले जानकारी दिए।

यस्तै‚ पूर्वशिक्षक तथा किरात एवाई राई संघ केन्द्रीय समितिका अध्यक्ष भक्तबहादुर राईको संयोजकत्वमा कार्यदल सल्लाहकार समिति गठन गरिएको छ। समितिको सदस्यमा आदिवासी जनजाति महासंघ‚ माङसेबुङका अध्यक्ष डिल्लीकुमार राई‚ पूर्वशिक्षक नरबहादुर माङपाहाङ राई‚ जनकल्याण आविका प्रअ मनकुमार राई‚ पूर्वशिक्षक रामप्रसाद राई र गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा रहेका छन्।

माङसेबुङका केही विद्यालयहरूमा लिम्बू भाषाको पठनपाठन भइरहेको छ।

 

प्रकाशित मिति : २५ श्रावण २०८२, शनिबार  ४ : ३१ बजे