८ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025

आत्मानन्द गोल्डकपमा सिरिजंगाको विजयी शुरुवात



आत्मानन्द गोल्डकपको १८औं संस्करण आजदेखि शुरु भएको छ। उद्घाटन खेलमा सिरिजंगा स्पोर्टिङ क्बल‚ पथरीशनिश्चरे नगरपालिका-३ मोरङले माङसेबुङ गाउँपालिका युवा तथा खेलकुद समिति‚ माङसेबुङ‚ इलामलाई पराजित गरेको छ।

इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा भएको खेलमा सिरिजंगाले माङसेबुङलाई ३-० गोल अन्तरले पराजित गरेको हो। सिरिजंगाका लागि संजय धिमालले तीन गोल गरेका थिए। धिमाल म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गरेका थिए। मंसिर ८ गते तिजोक युवा क्लब पाँचगर र लेटाङ फुटबल क्लब मोरङबीच हुनेछ।

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितमा आठ टिम सहभागी छन्। प्रतियोगितका विजेताले नगद ३ लाख ११ हजार १७२ र उपविजेताले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही ८ हजार १७२ रुपैयाँका साथ नगर र ट्रफी प्रदान गरिने छ। यसैगरी उदीयमान खेलाडी, उत्कृष्ट कोचले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् । साथै खेलका म्यान अफ् द म्याचले ५ हजार १७२ प्राप्त गर्नेछन् ।

तस्बिरहरूः योगेश लाओती

प्रकाशित मिति : ८ मंसिर २०८२, आइतबार  २ : ४१ बजे