किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सव विविध कार्यक्रम गरी मनाइएको छ।
जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ गाउँपालिका-५‚ माङसेबुङमा धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको उपस्थितिमा मंसिर १८ देखि २० गतेसम्म मूल कार्यक्रम भएको थियो। १८ गते बिहान समारोहको उद्घाटनका साथै विविध कार्यक्रम र साँझ ७२ जना सेवासाबाले धर्मगुरु तथा गुरुआमाको माङगेन्ना र सम्पूर्ण मानवको नोमाङगेन्ना सेवा गरिएको गरेका थिए। राति किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोको संयोजनमा सांस्कृतिक कार्यक्रम भएको थियो।
१९ गते किरात धर्मगुरूले धर्मोपेदश दिनुभएको थियो। साथै‚ साँझ माङ्गेन्ना चामल वितरण गरिएको थियो। २० गते बिदाइ कार्यक्रम भएको थियो।

धर्मगुरूको जन्मोत्सवको अवसरमा मंसिर ६ गतेदेखि १८औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताका साथै विविधि खेलकुद कार्यक्रम भएको थियो।
विश्वभर रहेका किरात धर्मावलम्बीहरूले धर्मगुरुको जन्मोत्सवलाई किरात धार्मिक चाडको रुपमा मनाउँदै आएका छन्। यससँगै १८ गते चेसोक सेवा (नुवाङ्गी पूजा) पनि गर्ने गरेका छन्।
धर्मगुरुको जन्मोत्सवको मूल कार्यक्रम माङसेबुङमा आयोजना हुने गरेको छ। यसका साथै किरात धर्मावलम्बी रहेका नेपालका विभिन्न जिल्लाहरूका साथै विदेश पिन विविध कार्यक्रम गरी मनाउने चलन छ।
जन्मोत्सव समारोहका तस्वीरहरूः













तस्वीरहरुः किरात समाचार


