२३ पुस २०८२, बुधबार | Wed Jan 7 2026

सर्‍यो संघको अधिवेशन हुने मिति



किरात धर्म तथा साहित्य उत्थान संघको आठौं अधिवेशनको मिति सरेको छ।

यही पुस २४‚ २५ र २६ गते इलामको माङसेबुङमा आयोजना हुने तय भएको अधिवेशन विशेष कारणले तोकिएको मितिमा नहुने भएको हो। संघका मुख्य सचिव संकल्प लिङ्देनले जारी गर्नुभएको सूचनामा उल्लेख छ‚ ‘किरात धर्म तथा साहित्य उत्थान संघको आठौं केन्द्रीय अधिवेशन आगामी २०८२ पुस २४‚ २५ र २६ गते माङसेबुङ इलाममा सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा अपरिहार्य कारणवश उक्त अधिवेशनको समय तालिका परिवर्तन गरिएको व्यहोरा जानकारी गराइन्छ।’

अधिवेशन आगामी माघ ७‚ ८ र ९ गते हुने जनाइएको छ। सूचनामा उल्लेख छ‚ ‘अब उक्त आठौं केन्द्रीय अधिवेशन माघ ७‚ ८ र ९ गते सञ्चालन हुने निर्णय भएको हुँदा यस परिवर्तनसम्बन्धी जानकारी सम्पूर्ण सम्बन्धित सरोकारवाला‚ पदाधिकारी‚ सदस्यज्यूहरू तथा मातहतका सबै समितिहरूलाई अवगत गराउन यो सूचना प्रकाशित गरिएको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : १८ बजे