गायिका गंगा फियाक र गायक इन्द्र सुशील चोङबाङको नयाँ पालाम ‘चौबिसे पाङजुम’ सार्वजनिक भएको छ। पालामको भिडियो ‘वेदन लुम्फुङवा’ युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।
पालामको रचना र लय संकलन वेदन लुम्फुङवाले गर्नुभएको छ। संगीत संयोजन साङसोन राईको रहेको छ। गीतमा निरन्ता नेम्बाङ र विवश नेम्बाङको स्वर पनि सुन्न सकिन्छ।
भिडियोमा इन्द्र सुशील चोङबाङ‚ वेदन लुङफुङवा‚ नगेन तुम्सा सन्यक‚ गोपीराम मुसाङ‚ अम्बिका सेनी‚ लिला तुम्सा‚ रीना सम्बाहाम्फे‚ सानु चेम्जोङ‚ कुसुम सम्बाहाम्फे‚ सजना तुम्खेवा‚ रुमा लिम्बू र लासेमी साम्बाको अभिनय रहेको छ। भिडियोको निर्देशन नरधोज सेनी र छायाङ्कन डिबी लिम्बूले गर्नुभएको छ।


