मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ।
मुहिङगुम अङसीमाङ फाल्गुनन्द जन्मजयन्तीको मुल कार्यक्रम किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको उपस्थितिमा झापाको कमल गाउँपालिका-३‚ केरखास्थित फाल्गुनन्द टोलमा मनाइएको छ।
धर्मगुरु तथा गुरुआमाले फाल्गुनन्द टोलमा निर्मित किरात तियेङलुङ चोःलुङ माङहिमको उद्घाटन र माङहिम परिसरमा रहेको मुहिङगुम अङसीमाङ फाल्गुनन्दको शालिक अनावरण गर्नुभएको छ।

कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिको समन्वयमा किरात धर्म तथा साहित्य उत्थान संघ कमल गाउँपालिका समिति र किरात तियेङलुङ चोःलुङ माङहिमले आयोजना गरेको थियो। सूर्यप्रसाद यक्पाङदेनको अध्यक्षतामा भएको समारोहको उद्घाटन वयोवृद्ध सन्तकुमार इशारा राईले उद्घाटन गर्नुभएको थियो।
यस्तै‚ आजै अपराह्न दमक नगरपालिका-६ स्थित ६ किरात युमा माङहिम परिसरमा रहेको मुहिङगुम अङसीमाङ फाल्गुनन्दको शालिक धर्मगुरू तथा गुरूआमाबाट अनवरण भएको छ।
मुहिङगुम अङसीमाङ फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा आज झापा‚ इलाम‚ पाँचथर‚ ताप्लेजुङ‚ तेह्रथुम‚ संखुवासभा‚ धनकुटा‚ मोरङ‚ सुनसरी‚ काठमाडौं उपत्यका लगायत जिल्लामा विभिन्न कार्यक्रम गरी मनाएको छ। यस्तै‚ भारतको दार्जिलिङ‚ सिक्किम‚ असममा पनि मनाइँदै छ। हङकङ‚ मलेसिया‚ युएई‚ बेलायत‚ अस्ट्रेलिया‚ अमेरिका दक्षिण कोरिया‚ कुबेत लगायत मुलुकहरूमा पनि मुहिङगुम अङसीमाङ फाल्गुनन्द जयन्ती मनाएको छ।


केरखामा भएको कार्यक्रमको फोटोहरु