६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

वडा नम्बर ८ को प्रसासनिक वडा भवन निमाणर्को कार्य ५० प्रतिशत सम्पन्न


२५ पुस २०७८, आइतबार  

0
Shares

रेडियो चोमोलोङ्गमा । पौष २५ ,

थुलुङ दुधकोसि गाउपालिका वडा नम्बर ८ को प्रसासनिक वडा भवन निमाणर्को कार्य ५० प्रतिशत सम्पन्न भएको छ । थुलुङ दुधकोसि गाउपालिका वडा नम्बर ८ रणेममा निर्माधिन वडा प्रसासनिक भवनको पहिलो तल्ला ढलान गर्ने काम सकिएको छ ।रादु कन्ट्रक्सनले निर्माण जिम्मा पाएको उक्त भवनको काम पहिलो तल्ला ढलान गरे सगै ५० प्रतिसतले सकिएको हो । अबको केहि दिनमा अन्तिम तल्लाको ढलान पनि हुने कार्य बहाक वडा अध्यक्ष तिलक बहादुर राईले बताउनु भयो ।


गाउपालिकाको ४० प्रतिशत र पर्यटन रोयल्टी बाट ६० पतिशत लगानिमा बन्ने उक्त भवन आफ्नै कार्यकालमा सम्पन्न गर्ने कार्य बहाक वडा अध्यक्ष राईले बताउनु भयो । वडा कार्यलयको शिलान्यास गत असोज १२ गते गाउपालिका प्रमख असिम राईले गर्नु भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ३५ बजे