७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेकपा एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला सर्वसहमत


२६ पुस २०७८, सोमबार  

0
Shares

सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफ कुमार बास्तोला चयन हुनुभएको छ । आईतबार अबेर सम्पन्न सातौँ जिल्ला अधिवेशनको बन्द सत्रले बास्तोलाको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन गरेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।

कमिटीको उपाध्यक्षमा हर्क बहादुर राई, सचिवमा आस कुमार राई (शिशिर), उपसचिव दिपक राजभण्डारी र मिङमा शेर्पा चयन हुनुभएको नवनिर्वाचित उपसचिव दिपक राजभण्डारीले जानकारी दिनुभयो । पुस २३ देखि दोर्पु स्थित योङ्ग स्टार क्लवको कर्भड हलमा जारी अधिबेशनले एक दिन ढिला गरि अधिवेशन सम्पन्न गरेको हो ।

पुस २४ गते अधिवेशन सम्पन्न गर्ने पार्टीको पुर्वनिर्धारित कार्यतालिका रहेपनि सहमती जुटाउन समय लागेकाले एक दिन ढिला गरी जिल्ला कमिटी पदाधिकारी टुंग्याएको उपसचिव राजभण्डारीले बताउँनुभयो । यस अघि तत्कालिन पार्टी अध्यक्ष मानविर राईले पदबाट राजिनामा दिएर बास्तोलालाई नै अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको थियो ।

यस्तै तत्कालिन नेकपा विभाजनपछि एमालेमा आएका तत्कालिन माओवादीका नेता आश कुमार राई ‘शिशिर’लाई सातौँ अधिबेशनले सचिवको जिम्मेवारी प्रदान गरेको छ । नवनिर्वाचित अध्यक्ष बास्तोला जिल्लाको नेचासल्यान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पनि हुनुहुन्छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ३ : ०२ बजे