१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

सोलुखुम्बुको एक सामुदायिक वनमा महिलाको शव भेटियो


२६ पुस २०७८, सोमबार  

0
Shares

सोलुखुम्बु :  सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ११ रमिते स्थित कडेनी झोडेनी सामुदायिक  जङगलमा एक महिलाको शव फेला परेको छ । आइतबार साँझ बेवारिसे अवस्थामा सिद्धिचरण नगरपालिका ४ ओखलढुङगाकी ४७ वर्षीया राधिका ठटालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी एवम प्रहरी निरिक्षक ऋषीराज ढकालका अनुसार जङगलमा बेवारिसे अवस्थामा महिलाको शव  देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा २–३ दिन अगाडी नै मुत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । मृतक महिलाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : ३५ बजे