७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आठ दिन भित्रमा सोलुखुम्बुका ४ हजार जना भन्दा बढी बालबालिकालाई कोरोना बिरुद्ध मोर्डना खोप प्रदान


२७ पुस २०७८, मंगलबार  

0
Shares

सोलुखुम्बु-सोलुखुम्बुका ४ हजार जना भन्दा बढी बालबालिकालाई कोरोना बिरुद्ध मोर्डना खोप प्रदान गरिएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आठ दिन भित्रमा जिल्लाका ४ हजार ७ सय ५६ जना बालबालिकालाई खोप प्रदान गरिएको हो ।

१२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागी  पुस ११ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको खोप अभियान सञ्चालन गरिएको थियो । जुन अभियान मार्फत थुलुङ दुधकोशी गाउँपालिकाका २ हजार, महाकुलुङका १ हजार ५ सय, लिखुपिकेका ५ सय ८५ र नेचासल्यान गाउँपालिकाका १ हजार १ सय ३६ जनाले खोप लगाएका छन ।

यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाका ७ सय ३९, सोताङका १ हजार ३ सय १५ र माप्य दुधकोशीका १ हजार ३८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका कर्मचारी निरञ्जन दहालले जानकारी  दिनुभयो । उहाँका अनुसार दोस्रो चरणको खोप अभियान माघ १० गतेबाट सुरु हुने छ ।
सोलुखुम्बुमा कोरोना परिक्षण किट पर्याप्त
सोलुखुम्बुमा कोरोना संक्रमण परीक्षणका लागि किट पर्याप्त रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना परीक्षणका लागी पर्याप्त एन्टिजेन किटको ब्यवस्थापन रहेको कार्यालयका कर्मचारी निरञ्जन दहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार  सबै पालिकाहरुमा किट पठाइसकिएकोे छ । प्रदेश आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरबाट प्राप्त कार्यालयलाई ३ हजार थान एन्टिजेन मौजात रहेको जनाइएको छ ।  पछिल्लो समय जिल्लामा कोरोना परीक्षण भन्र्दा पनि कोरोना विरुद्धको खोपलाई प्राथामिकता दिइएको छ ।

जिल्लामा कोरोनासँग मिल्दाजुल्दा लक्ष्यण देखिएका नागरिकहरु सम्पर्कमा नआएकाले परीक्षणलाई कार्य रोकिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ३३ बजे