३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

सेयर बजारको उकालो यात्रा जारी, १२ वटा उपसमूहमा हरियाली


२७ पुस २०७८, मंगलबार  

0
Shares

काठमाडौं : सातको तेस्रो दिन मंगलबार पनि सेयर बजारको उकालो यात्रा कायमै रहेको छ। आज बजार ४९.१९ अंकले उकालो लागेसँगै नेप्से परिसूचक दुई हजार ८३४.१३ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक पनि ६.३४ अंकले बढेर ५२८.८७ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर पौने ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज वित्त समूह सर्वाधिक ६.१५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ३.९० प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.२० प्रतिशत, विकास बैंक समूहमा ३.४४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.३९ प्रतिशत, जलविद्युत समूहमा २.०७ प्रतिशतले वृद्धि भएको छ।

यस्तै लगानी समूहमा २.१९ प्रतिशत, जीवन बीमा समूहमा ३.८९ प्रतिशत, लघुवित्त समूहमा ३.९० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५७ प्रतिशत, निर्जीबन बीमा समूहमा २.६५ प्रतिशत, अन्य समूहमा १.२७ प्रतिशत र व्यापार समूहमा १.३२ प्रतिशतको बढोत्तरी आएको छ। आज उत्पादन तथा प्रशोधन समूहमा ०.४३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरू

मंगलबार नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९८ रुपैयाँमा किनबेच भएका छन्। आज अपी पावरको सर्वाधिक १६ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

गोर्खाज फाइनान्सको १६ करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ५९ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ४२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ११ लाख रुपैयाँ, एचआइडिसिएलको १० करोड ७१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड ४० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १० करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ११ : १६ बजे