७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बुडिडाडाँ देखि रणेम जोड्ने सडक ट्र्रयाक ओपन कार्य सम्पन्न


२७ पुस २०७८, मंगलबार  

0
Shares

रेडियो चोमोलोङ्गमा पुष २७

देउसा बुडिडाडाँ देखि रणेम जोड्ने ट्र्रयाक ओपन कार्य सम्पन्न भएको छ । थुलुङ्ग दुधकोशि गाँउपालिका वडा नम्बर ८ को बुडिडाडाँ देखि रणेम हेलिप्याड सम्म जोड्ने सडकको ट्रयाक ओपन कार्यं सम्मपन्न भएको हो ।


वडा नम्बर ८ को ५ लाखको लगानिमा हेलिप्याट देखि वाकुखोम हुदै सिजेर सम्म सडक खनिएको निर्माण समितिका अध्यक्ष हस्त बहादुर राईले बताउनु भयो । त्यस्तै पछि सिजेर देखि चोचिलि हुदै बुडिडाडाँ जोड्नका लागि गाउँपालिकाको ४ लाख ८५ हजार लगानिमा सम्पन्न भएको अध्यक्ष राईले बताउनु भयो । लगभग १५ सय मिटर सडकको ट्रयाक ओपनको लागि १० दिन लागेको थियो । बुडिडाडाँ देखि हेलिप्याट सम्म सडक जोडिए सँगै तल्लो भेगका सेवा ग्राहिलाई सदरमुकाम लगाएत गाउँपालिका जान निकै छिटो हुने सेवाग्राहिले बताएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : १० बजे