६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

प्रदेश १ मा २७२ जनामा कोरोना संक्रमण


२९ पुस २०७८, बिहिबार  

0
Shares

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ११९, बुढीगंगामा १३, सुनबर्षी र बेलबारीमा ३-३, उर्लाबारी र सुनबर्षीमा २-२, कटहरी, धनपालथान र रतुवामाईमा १-१, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा ५, रामधुनीमा २, बर्जु र दुहवीमा १-१ र स्थानीय तह नखुलेका ३, झापाको मेचीनगरमा २०, विर्तामोडमा ५, भद्रपुर र कनकाईमा २-२, अर्जुनधारा र दमकमा १-१, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा १-१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आज २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ११ : ५२ बजे