४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

वर्षमान पुन चीनबाट सोमबार फर्कने


८ माघ २०७८, शनिबार  

0
Shares

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन उपचार सकेर पर्सि सोमबार स्वदेश फर्किने भएको छ।

चीनको लामो उपचारपछि नेता पुन नेपाल फर्किन लागेको शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्।

नेता पुनले लेखेका छन्, ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु।’​

जण्डिसको समस्या बढेपछि असोज १३ गते उपचारका लागि थाइल्याण्डमा पुगेका पुन मंसिर २० गते थप उपचारका लागि चीन गएका थिए।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ११ : ०० बजे