८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

हराएको २४ लाख डाेज खोप खोज्न स्वास्थ्य मन्त्रालयले बनायाे छानबिन समिति


१७ माघ २०७८, सोमबार  

0
Shares

काठमाडाैं : हराएकाे भनिएकाे कोभिड-१९ विरुद्धको २४ लाख डोज खोपको खोज्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएकाे हाे। समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छन्।

समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ। स्वास्थ्यमन्त्री विराेध खतिवडाले समिति गठन गर्न निर्देशन दिएका थिए। मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले समितिले २ हप्तामा प्रतिवेदन बुझाउने जानकारी दिइन्।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १२ : ३५ बजे