६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो


१८ माघ २०७८, मंगलबार  

0
Shares

तनहुँ – तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डमा गएराति भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

लु १ ख ९८३२ नम्बरको ट्रक र  ग १८ प ९२२५ नम्बरको मोटरसाइकल बन्दिपुर गाउँपालिका–१ बेलभ्ञ्याङमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  २ : २९ बजे