१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

सुत्केरी भेट कार्यक्रम अन्र्तगत उपमेयर सुत्केरी भेटन टोल टोल पुगे


२१ माघ २०७८, शुक्रबार  

0
Shares

इटहरी उपमहानगरपालिकाको उपमेयर सुत्केरी भेट कार्यक्रम अन्र्तगत उपमेयर लक्ष्मी गौतम सुत्केरी भेटन टोल टोल पुग्नुभएको छ । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई उपमेयर लक्ष्मी गौतमले पौष्टिक खानासहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम सुत्केरी भेट कार्यक्रम हो ।

इटहरी उपमहानगरपालिका वडा नम्वर ३,६,७,८ र ९ का १०जना सुत्केरीलाई पोसिलो खानेकुरा,आमा र वच्चालाई न्यानो कपडा सहित भेटघाट गरिएको हो ।दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारमा कोरोना महामारीले जटिलता भइरहेकोवेला पौष्टिक खाना सहित उपमेयर घरमै आइपुग्दा गाँउवासीनै भेला भएर खुसी मनाएका छन् ।उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरूको संख्यासमेत वढेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : ३३ बजे