६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

किरात धर्मगुरुलाई कांग्रेस इलामले अभिनन्दन गर्ने



किरात समाचार: किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ र अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गर्ने भएको छ ।

किरात धर्मगुरु लिङदेन दम्पतीलाई कांग्रेस इलामले आगामी ३ फागुनमा इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसेबुङमा अभिनन्दन गर्न लागेको हो ।

अङसीमामाङ ६६ औं जन्मोत्सवको अवसरमा अभिनन्दन गर्न लागिएको कांग्रेस इलामका सभापति डम्बर खड्काले जानकारी दिए ।

विश्व शान्ति, मानव एकता, मानवप्राणी एवम् सृष्टि जगतकै रक्षाको लागि महान् अभियानमा संचालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किरात धर्म, संस्कृति, भाषा, लिपी र साहित्यको प्रचार प्रसारमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गर्न लागिएको खड्काले बताए ।

किरात धर्मको संरक्षण संबर्द्धन र प्रचारप्रसारमा सहयोग गर्ने प्रतिवद्धतासहित कांग्रेसले धर्मगुरुलाई अभिनन्दन गर्न लागेको खड्काको भनाई छ ।

माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा १८ मंसिर २०११ जन्मिएका  धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् ।

उहालाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ३ : १९ बजे