७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काङग्रेस इलामले किरात धर्मगुरुलाई अभिनन्दन



किरात समचार : माङसेबुङमा आयोजित एक भव्य समारोहविच इलाम काङग्रेसले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा अङसीमामाङलाई अभिनन्दन गरेको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह समुद्घाटन कार्यक्रमको अवसरमा काङग्रेस इलामले अभिनन्दन गरेको हो ।

अङसीमाङ अङसीमामाङलाई सलमी सहित आएका इलाम जिल्ला सभापति डम्बर खडकाको हस्तबाहुलीमा अभिनन्दनगरेको थियो ।
गुरुले इलामलाई विश्वमा चिनाउनका लागि गर्नुभएको योगदानको कदर काङगेसले ढिलो बुझेको सभापति खडकाले बताउनुभयो । उहाले थप्नुभयो धर्मगुरु विश्व शान्तिका प्रतिकका रुपमा रहेको बताउनु भयो । गुरु र गुरुआमाले गर्नुभएको कार्य महान छ, नेपाली काङग्रेसले मात्रै होइन राष्ट्रले समेत सम्मान गर्नुपर्ने बताउनु भयो ।

उहा“हरुले दिनुभएको शिक्षा सबैले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो, खडकाले थप्नुभयो यो देशमा यस्ता महामानबहरुको जन्म पटक पटक हुन्छ हामीले चिन्न सकिरहेका छैनौ ।

जीवनका सबै मोह त्यागेर गर्नुभएका गुरु गुरुआमा दुई आत्मा रहेको बताउनु भयो ।

कार्यक्रममा किरात धर्मगुरुले धन्यवाद आशिवर्चन समेत गर्नुभएको थियो ।

नेपाली कांग्रेस इलाम कार्यसमिति डम्बर खड्का टीम साथै इलामबासीले आफूलाई सम्मान गरेकोमा हर्षित हुँदै वहाले भन्नुभयो आज सम्म कुनै राजनीतिक पार्टीले मलाई सम्मान गरेको थिएन यो मेरो जीवनका पहिलो हो । मेरो जीवनमै नविर्सिने भन्दै, हामी गुरुकुल परिवार खुशी भएको छौ, अङसीमाङले भन्नुभयो ।

शान्तिले मात्र देशको दिगो विकास हुन्छ । यस थलोमा देशका ठुला ठुला नेताहरु आएर आशीर्वाद मागेर पाएको छ । कोहि प्रधानमन्त्री समेत भएको छ ।
काङगे्रस नेता गिरिजा प्रसाद कोइरालालाई मैले नै आशिर्वाद दिएको हु“ पाएपनि ।

इलाम पुर्वकै प्रसिद्ध तथा पवित्र देवस्थल रहेको चर्चा गर्नुहुदै इलामको विकासमा जोड दिन इलामेली विभिन्न राजनितिक नेताहरुलाई अङसीमाङले अनुरोध गर्नुभयो ।
अभिनन्दन कार्यक्रमको संचालन सबिता पाण्डेले गरेका थिए ।

 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : २१ बजे