२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

गुरु आश्रम जनशक्ति ब्यवस्थापनको भेला सम्पन्न



किरात समाचारः   गुरुनिजी आश्रम जनशक्ति ब्यवस्थापन प्रालिको भेला सम्पन्न भएको छ ।
गत बिहिवार गुरुनिजी आश्रम स्थित रहेको भक्तशालामा जनशक्ति ब्यवस्थापन प्रालिको दोस्रो भेला सम्पन्न भएको हो।

किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेइङज्युको देव उपस्थितिमा सम्पन्न भएको भेलाको प्रमुख अतिथी
तुममाङ्सेवासाबा मनप्रसाद थङलङ लिम्बु रहेको भेलामा किरात धर्मगुरुज्युले अमृतमय आशीर्वचन समेत प्रदान गर्नुभएको थियोे ।

छिमेकी मुलुक भारत आसाम सिक्किम भुटान लगायत प्रतिनिधिमुलक उपस्थिति रहेको भेलामा नेपालको विभिन्न जिल्लाहरु काठमाडौ , झापा, मोरङ , सुनसरी , धनकुटा , तेह्रथुम , ताप्लेजुङ , इलाम , पान्थर लगायत बाट प्रतिनिधित्व गरेर आउनेहरुको उपस्थिति रहेको थियोे । भेलाको अध्यक्षता बुद्धिमान नुगोले गरेका थिए भने संचालन संस्थाका सचिव अम्बरसिं लाओती गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ०७ बजे