किरात समाचारः किरात धर्मावलम्बीहरुको सकृयतामा बेलायतमा किरात माङहिम स्थापना हुने भएको छ ।
बेलायतस्थित किरात धर्म तथा साहित्य उथान संघ राष्ट्रिय समिती बेलायतले किरात माङहिम निर्माण गर्न लागेको हो ।
संघको राष्ट्रिय समिति अध्यक्ष रामकुमार सिंथेबेका अनुसार माङहिम निर्माणका लागि आर्थिक सहयोग जुटिरहेको बताउनु् भएको छ ।
सिंथेबेका अनुसार माङहिम निर्माण गर्नका लागि १० लाख पाउण्ड खर्चहुने र जग्गा खरिद गर्न लागेको बताएका छन् । हामीले विभिन्न मुलुकका किरात धर्मावलम्बीहरुलाई माङहिम निर्माणका लागि आर्थिक सहयोगको अपेक्षा गरेका छौं, सहयोग जुटीरहेको पनि बताउनु भयो ।
उहाले थप्नुभयो यो माङको महत्वपूर्ण कार्यमा सबै जनालाई नछुट्नका लागिपनि आग्रह गर्नुभयो ।
बेलायतको समृद्ध मुलुकमा किरात माङहिम बन्दैछ, गर्व गर्नुपर्नेछ ।
उनका अनुसार हङकङ लगायतका देशबाट छिटफुट रकम संकलन भएको जानकारी दिनुभयो । अहिले संस्थाको बैक खातामा ३६ हजार १ सय ६० पाउण्ड जम्मा भइसकेकोपनि बताउनु भयो ।
माङहिम निर्माण गर्नका लागि सहयोगदाताहरुको नामवलीः