१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

आठराईत्रीवेणी वडा ३ मा लिम्बुवानको अधिबेशन,अध्यक्षमा राजेन्द्र यक्सो निर्वाचित



ताप्लेजुङ : संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मन्च, नेपाल ताप्लेजुङको आठराईत्रिबेणी ३ को वडा अधिवेशन सम्पन्न भएको छ ।

 

गत शुक्रबार ताप्लेजुङको आठराईत्रिवेणीस्थित हाङ्पाङमा आयोजित वडा अधिवेशनबाट राजेन्द्र यक्सोको अध्यक्षतामा ४६ सदस्यीय निर्वाचित भएको हो ।

मञ्चका प्रदेश समन्वय समितिका सचिव नविन पोमूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लिम्बुवान प्रान्तीय सचिव मुक्साम लाबुङ, रीता मादेन, प्रान्तीय सदस्य रुपा चोङबाङ, जिल्ला सदस्य सेरहाङ सेन्दाङ, एलभी कमाण्डर असिम पोमु लगायत नेताहरुको उपस्थितिमा रहेको थियो ।

अधिवशेनबाट यक्सोको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा भरत रसाइली, अरुण आङ्बुहाङ, छत्र आङ्बुहाङ, तेज कुमार सबेन्हाङ, सचिवमा सन्तोष श्रेङ्ग, सह–सचिवमा विश्व राज यक्सो र अर्थ सचिवमा सेर बहादुर यक्सो निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा विश्व राज आङ्बुहाङ, प्रेम यक्सो, सन्त कुमार यक्सो, इन्द्र बहादुर यक्सो, मदन माबोहाङ्ग, सुजन यक्सो, राजन यक्सो, विशाल यक्सो, कुमार माबोहाङ, सौगात यक्सो, सुसन माबोहाङ, अरुन माबोहाङ, आइत राज श्रेङ, सौगात प्राङ्देन, छत्र पति आङ्बुहाङ, मान बहादुर आङ्बुहाङ, काजीमान प्राङ्देङ, रोसन चौहान, सुमन प्राङ्देन, देबिदास आङ्बुहाङ, दिपक प्रसाईं, सुर्य दिप आङ्बुहाङ र विशाल हाङ्गाम रहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १२ : ४३ बजे