किरात समाचार : आत्मा पवित्र किरातेश्वर गौशालाको कार्यालय उद्धघाटन किरात धर्मगुरु मुहङिगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङको हस्तबाहुलीमा भएको छ ।
आइतबार माङसेबुङ ५ लालिङबुङ टोलस्थित किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समतिकिा अध्यक्ष केहेरसिं योङहाङको प्रमुख अतिथ्यतामा किरात धर्मगुरु मुहङिगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङको हस्तबाहुलीमा कार्यालय उद्धघाटन भएको हो ।
कार्यक्रममा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङले आशिर्वचन गर्नुभएको थियो । उहा“ले आत्मा पवित्र किरातेश्वर गौशलाको विकास र विस्तारका लागी सबैले पहल गर्नुपर्ने बताउनु भयो ।

उहा“ले थप्नुभयो सरकारसंग नीतिगत छलफल गरेर गौशालाको विस्तार गर्नुपर्ने बताउनु हुदै, नेपालको विभिन्न ठाउहरुमा गौशालालाई विस्तार गर्नुपर्छ ।
गौशाला विस्तारका लागी गोठहरुको निर्माण गरी घा“स र पानीको उचित प्रबन्ध मिलाउनु पर्छ, अङसीमाङले भन्नु भयो, गोठालाको व्यवस्थापन राम्रो गर्नु पर्छ।
महागुरु फाल्गुनन्दको पालाको गाईबस्तुहरु सबै हराएको छ, आशीर्वचनमा वहाले थप्नु भयो संस्थागत गौशाला नहुदा अहिले निजी गुरु आश्रममा रहेका गाई बस्तुहरु पहिले झै हराउछन् भनेर गौशाला स्थापना गरिदिएका छौं।

विभिन्न ठाउ“मा स्थापना गरिएको गौशालाबाट उत्पादन हुने मलहरु संकलन गरेर गुरु निजी आश्रममा रहेको जग्गामा प्रयोग गरनिे अङसीमाङले बताउनु भएको छ । वहा“ले गौशालाको महत्वबारे प्रष्ट पार्नु हुदै थप्नु भयो, किरातेश्वर गौशालाको विस्तार भएका किरात धर्मको शक्ति बढ्ने छ।

कार्यालय उद्धघाटन कार्यक्रममा किरात चोत्लुङ मुहङिगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष अशोककुमार सबेन्हाङ, भुटान प्रतिनिधि रनधोज इधङिगो, गुरु निजी कानुनी सल्लाहकार एन एस फागो लगायतले बोलेका थिए ।
आत्मा पवित्र किरातेश्वर गौशालाका अध्यक्ष वीरबहादुर आङलाको अध्यक्षतामा सम्पन्न कार्यालय उद्धघाटन कार्यक्रममा कोषाध्यक्ष खड्ग खालिङले स्वागत मन्तव्य राखेका थिए ।


