६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024
भिडियो

दीपा सुहाङको यौवन


किरात समाचार : यौवनको बाढी हजुर आबेसमा तर्नुहुदैन गायिका दीपा सुहाङको सुमधुर आवाजमा निकै मार्मिक गीत ‘यौवन’ सार्वजनिक गरिएको छ ।

गीतकार लालगोपाल सुवेदीको शब्द भावहरुमा संगीतकार नारायण रायमाझीको संगीतमा रहेको गीत ‘यौवन’ रीमा इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतका ओरिजिनल गायक भने राजेशपायल राई हुन् । मनोज खड्काको संगीत संयोजन रहेको गीतमा श्याम स्वेत रसाइलीको मिक्सिङ रहेको छ भने रेकर्डिङ रीमा स्टुडियोमा गरिएको हो ।

निकै आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोमा छायाँकन तथा सम्पादन मिराज अर्यालले गरेका हुन् ।

भिडियो हेर्नुहोस…