७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पशुपतिमा पुल भत्किँदा दुई जना घाइते



काठमाडौं : काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदिप गिरीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको उनले बताए ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार शिवरात्रीको दिन मंगलबार ७ लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान गरिएको छ । पशुपतिमा उछृंखल गतिविधि गर्ने केहीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ५ : १० बजे