७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अमेरिकाबाट गुरु आश्रममा सामाग्री सहयोग



किरात समाचारः  अमेरिका बस्दै आउनुभएका किरात धर्मावलम्बी मिलेर गुरु आश्रममा गाई बस्तु रेखदेख गर्ने करिब २४ जना सेवकहरुलाई लत्ता कपडा दिइएको छ ।
अमेरिकाका देबीमाया चाम्लिङ यङवागो, नाम फुरुम्बो, परशुराम राई, भक्त तिगेला खेवा,र किरात रिलिजन एण्ड कल्चरल अग्रनाइजेसनले करिब ६५ हजारको लत्ता कपडा सहित आवश्यकिय सामाग्री वितरण गरेको हो ।

आत्मा पवित्र किरातेश्वर गौशालाको संमन्वयमा सोमबार गुरु आश्रममा गौशालाका अध्यक्ष बीरबहादुर आङला, कोषाध्यक्ष खडक खालिङ लगायतका टोलीले हस्तारण गरेको थियो ।

गुरु आश्रममा भएको गाई, गोरु, बाख्रा, भेडा, चराचुरुङगी, हास, खरायो, मुसालगायतका पशुपंक्षीलाई हेरचाह गर्नेहरुमा बसन्त आङदेम्बे, दिलबहादुर लाओती, दलबहादुर मांयक खेवा, नारायणधोज पत्रे, आसबहादुर सावा, खडकबहादुर साबा, चन्द्र खजुम, रनहाङ लिङदम, यामबहादुर सेर्मा, मतिराम सेर्मा, अम्बर आङदेम्बे, राजकुमार काम्बाङ, चन्द्रहाङ थेगिम, केरी इङनाम, बुद्ध तुम्बाङफे, हेमकुमार लाओती, सृष्टीमाया राई, राम्रीमाया राई, राम लिङदेन, मुजोत्हाङ लिङदेन, हलेसे राई, देशबहादुर येक्तेन, मान प्रसाद आङथुपो, रनहाङ ताप्मादेन, सुकलाल काम्बाङलगायतले प्राप्त गरेका छन् ।

निस्वार्थ रुपमा कार्य गर्ने गुरु सेवकका लागि यसअघि पनि हङकङ, बेलायत, भुटानलगायतका किरात धर्मावलम्बीहरुले सहयोग गर्दै आएको गौशालाका कोषाध्यक्ष खालिङले किरात समाचारलाई जानकारी दिए ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ५ : ३८ बजे