किरात समाचारः किरात मल्टीमिडियाद्धारा प्रकाशित किरात समाचार डटकमका सम्पादक गोमाहाङमा फुरुम्बो शोकमा पर्नुभएको छ ।
सम्पादक फुरुम्बोको बोजु कृष्णमाया मेन्याङबो फुरुम्बोको गत बुधबार १८ गते ७८ वर्षको उमेरमा निधन हुनु भएपछि शोकमा पर्नुभएको हो । शुक्रबार (भोलि) सोही आफ्नै बारीमा किरात धर्मअनुसार अत्येष्टी कार्य गरिने परिवार स्रोतले जनाएको छ । किरात धर्मअनुसार फागुन २९ गते आइतबार फजे (सुद्धाई) कार्य हुने भएको छ ।
फुङलिङ नगरपालिका १० फरुम्बो गाउमा बस्दै आउनुभएकी कृष्णमाया १९९० मा जन्मनु भई दिर्घसिं फुरुम्बोसंग विवाह बन्धनमा बाधिएकी कृष्णमायाको १ छोरा ३ छोरी ७ नाति र ७ नातिनी, १ पनाती र ५ पनातिनीको धनि हुनुहुन्थ्यो ।
मृतक कृष्णमायाको आत्मा इश्वरमा लिन हुन सकोस हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति इश्वरले प्रदान गरुन समबेदना व्यक्त गर्दछ ।