१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

रूसले युक्रेनी परमाणु केन्द्र नियन्त्रणमा लिए



एजेन्सी, किभ : रूसले शुक्रबार युक्रेनी परमाणु केन्द्र नियन्त्रणमा लिएको छ। यो परमाणु केन्द्र युरोपकै सबैभन्दा ठूलो रहेको पनि अधिकारीले जानकारी दिएका छन्।

आक्रमणका लागि युक्रेन आएका रूसी सुरक्षाकर्मीले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए। बम आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी समेत भएको थियो।  त्यसपछि उनीहरूले त्यसलाई नियन्त्रणमा लिएका हुन्।

रूसी सैनिकले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायले पुष्टि गरेका हुन्। रूसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको थियो।

कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् भने उनीहरुले कामलाई निरन्तरता पनि दिइरहेका छन्। युक्रेनको आपत्‌कालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु केन्द्रमा लागेको आगो निभाइएको पुष्टि गरेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : ३६ बजे