७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

शिवरात्रीकप फुटबल प्रतियोगिताको दोस्रो चरणको ४ खेल सम्पन्न



माईजोगमाईः  माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा गत शिवरात्रीबाट सुरु भएको शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा आज चार खेल सम्पन्न भएको छ ।

खेलमा माईजोगमाई गाउँपालिका सहित अन्य क्षेत्रको गरी जम्मा २० टिमले खेलमा सहभागी जनाएको हो ।

आजको पहिलो खेलमा टारी फुटबल क्लव र कुवापानी फुटबल क्लव रोङ गाउँपालिका बिच भएको खेलमा खेलको निर्धारित समयअवधिमा १र१ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको हो ट्राईबेकरमा कुवापानी फुटबल क्लव रोङ गाउँपालिकाले ३ गोल मात्र गर्न सफल भयो भने टारी फुटबल क्लवले ५ गोल गर्दै खेलमा अग्रता कायम गरेको छ । आजको दोस्रो खेलमा वाङ्गीन फुटबल क्लव ब् र योङ बैच बिच भएको दोस्रो खेलमा यौङ बैचले १ गोल मात्र गर्न सफल भएको छ र द्यँऋ वाङ्गीन ब् ले ७ गोल गर्दै खेलमा अग्रता कायम गरेको हो ।

आजको तेस्रो खेलमा प्याङ २ र रेड डेविल्स बिच भएको खेलमा प्याङ २ ले २ गोलमा चित्त बुझाएको छ भने रेड डेविल्सले ५ गोल गर्दै खेलमा अग्रता कायम गरेको छ । आजको तेस्रो खेल श्रीजङ्गा समाज प्याङ २ र सुनखरी खेल संघ जमुना बिच भएकोमा सुनखरी खेल संघ जमुनाले १ गोलमा चित्त बुझाउनु परेको थियो भने श्रीजङ्गा समाज प्याङले ३ गोल गर्दै खेलमा अग्रता कायम गरेको आयोजक समितिका सचिब भोगेन्द्र ढकालले जानकारी दिएका छन्

खेलको बिजेताले नगत रु १ लाख साथमा ट्रफी मेडल प्रमाण पत्र पाउने छ । उपबिजेताले नगत र ५० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छन् ।

खेल प्रतियोगिताको लागि खनाल कट्रक्सन ईलामले दोस्रो पुरस्काको ब्यावस्था गरेको छ भने माईजोगमाई गाउँपालिकाले प्रथम पुरस्कारको ब्यवस्था गरेको छ ।

प्याङ माध्यमिक बिद्यालयको खेल मैदानमा संचालन भएको खेलको फाईनल आगमि फाल्गुन २२ गते हुने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : ४७ बजे