७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किरात सगरमाथा नामाकरण गरिनुपर्ने माग राख्दै मोर्चाले प्रेस बिज्ञप्ती जारी



किरात समाचार :  प्रदेश नं. १ को नाम ´किरात सगरमाथा` नामाकरण गरिनुपर्ने माग राख्दै किरात मोर्चा नेपालले प्रेस बिज्ञप्ती जारी गरेको छ ।

प्रदेश न १ को नमाकरण सम्बन्धमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङले सबै जातजाति लाई समेट्ने ´किरात सगरमाथा`नामाकरण गरिनुपर्ने धर्मगुरुको प्रस्ताव प्रती पुर्ण साथ सहयोग रहेको घोषणा गर्दै किरात मोर्चा नेपालले आज आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै समर्थन जनाएको छ ।

मोर्चाका अध्यक्ष मिसेकहाङ किरातद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा लेखिएको छ, हिजोको हिमवत खण्ड किरात देश वर्तमान नेपाल किरातीहरुले नै राज्य ब्यवस्था सुरु गरेको मानव जातिहरुको लागि महत्त्वपूर्ण ऐतिहासिक भुमी हो ।

‘ यदी ऐतिहासिक महत्त्व बोकेको किरात संस्कृति विरुद्ध दलहरु उभिने दुस्प्रयास गर्छ भने यसको मुल्य चुकाउनु तयार हुनुपर्छ ।’ जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी विभिन्न राजनैनिक दलहरु लाई आह्वान गर्दै बहुल पहिचान युक्त ´किरात सगरमाथा`नामाकरण उद्घोषका साथ घोषणा गर्न हार्दिक अपिल गर्दै सम्पुर्ण दलहरुलाई माग समेत गरेको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : ३६ बजे