७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रदेश १ नाम किरात सगरमाथा हुनुपर्ने माग सहित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन



किरात समाचार : किरात धर्मगुरु प्रवक्ता डिल्लीराम चाम्लिङको संयोजनमा प्रदेश नं १ को नामाकरण ‘किरात सगरमाथा’ राख्न सुझाव दिएको छ ।

आज काठमाडौ स्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त सुझाव दिएको हो ।

गएको कार्तिक २५ गते राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको १३७औं जन्मजयन्तीको अवसरमा किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’को हस्तबाहुली बाट मोरङ जिल्लाको केराबारी माङहिम परिसरमा निर्मित माङहिम र फाल्गुनन्द प्रतिमा अनावरणलगायतका कार्यक्रममा धर्मगुरुबाट यस्तो सन्देश आएको जनाएको छ ।

किरात धर्म तथा साहित्य उथान संघका पूर्व महासचिव डा.चन्द्रकुमार सेर्माले किरात सगरमाथा नाम राख्दाको महत्वबारे प्रष्ट्याएका थिए । उनले किराँत प्राचीन  सभ्यता भएको बताए । उनले भने,‘यो नामले विश्वभरिका नेपालीहरु, किरातीहरु र विश्वलाई नै सम्बोधन गर्ने भएकोले सबैलाई सर्वमान्य हुने मैले विश्वास लिएको छु ।’

पछिल्लो समयमा नेपालका नेताहरु धर्मगुरुकोमा सल्लाह लिन पुगेको पनि सुनाए । ६ वटा प्रदेशको नाम राखिसकेको भन्दै प्रदेश नं १ को नामाकरणमा अलमलमा परेको बताए । प्रदेश नं १ को नामाकरणबारे किराँत धार्मिक संस्थाहरु चुप बसिरहँदा धर्मगुरु आफैले आँखा खोलिदिएको उनको भनाई थियो ।

‘सबै किरातहरु सानोतिनो कुरामा अल्झिइरहेका छन्, किरातहरुलाई धर्मगुरुले आँखा खोलिदिनु भयो ।’ किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेईङ’ गुरुनिजि प्रवक्ता डिल्लीराम चाम्लिङले प्रदेश नं. १ को नामकरण किरात सगरमाथा प्रदेश राख्न माग गर्दै सरकारले गुरुहरुको विचारलाई पनि कदर गर्नपर्ने उनले धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : १८ बजे