७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

स्थानिय तह निर्वाचनमा गठबन्धन नभए एकल उम्मेदवारी दिने नेकपा एस सुनसरीको तयारी



इनरुवा : नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सुनसरी जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले आउदो निर्वाचनमा दलहरु बिच गठबन्धन नबनेको अवश्थामा एकल रुपमा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले संद्यिय सरकारमा प्रतिनिधित्व गर्ने दलहरु बिचको सहमतीमा स्थानिय तह निर्वाचन २०७९ कालागि गठबन्धन बन्न नसकेको अवश्थामा सुनसरी जिल्लामा एकल रुपमा सवै पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टी बिचको सत्ता गठबन्धनबाट चुनावी तालमेल मिलाएर गठबन्धन मार्फत उम्मेदवारी दिन जिल्ला तथा स्थानिय तह र वडा तहमा आवश्यक वार्ता, समन्वय, सहमती र एकता कायम गर्न उम्मेदवारी दिने अन्तीम समयसम्म पहल प्रयत्न गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

गठबन्धन बन्न नसकेको अवश्थामा मात्र एकल रुपमा निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिने तयारी अवश्थामा रहन सवै तहका नेता कार्यकर्तालाई निर्देशन गरिने निर्णय बैठकले गरेको छ ।

नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले बैठकको निर्णय सार्वजनिक गर्दै आउदो निर्वाचनका लागि फागुन मसान्तसम्म सुनसरीका १२ वटा स्थानिय तहका १ सय २४ वटा वडा र टोल वस्तीमा पार्टीको संगठन गठन पुर्नगठन कार्य समपन्न गरि चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुने निर्णय गरेको जानकारी दिए ।

निरौलाले सुनसरीमा एकल रुपमा निर्वाचनमा उम्मेदवारी दिई भाग लिदा अधिकाश वडा र स्थानिय तहमा मुख्य प्रतिष्पर्धा केपि ओली समुहसँग र केही स्थानमा नेपाली काग्रेससँग हुने निश्कर्ष बैठकले गरेको बताए ।

सुनसरी जिल्लामा तिन महिनाको अवधीमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, सिपी मैनाली नेतृत्वको नेकपा माले परित्याग र केपि ओली समुहबाट विद्रोह गरि ७ सय जना नेता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेको अध्यक्ष गोविन्द निरौलाले जानकारी दिए ।

अध्यक्ष निरौलाले हाल मौजुदा १ सय २५ जनाको जिल्ला कमिटीमा केपी ओली समुहबाट विद्रोह गरि आएका नेता कार्यकताहरु मध्ये एक पदाधिकारीसहित ६४ जनालाई जिल्ला कमिटी सदस्य पदमा चयन गरि पद तथा गोपनियताको सपथ ग्रहण गराई कार्यक्षेत्रमा जिम्मेवारी तोकेर संगठन निमार्ण र परिचालन कार्यमा खटाईएको जानकारी गराए ।

नेकपा एस सुनसरी जिल्ला कमिटीको उपसचिव पदमा धरान निवासी सविता कोइरालालाई चयन गरिएको छ भने धरान उपमहानगर ईन्चार्जमा किशोर सुब्बा र सहइन्चार्जमा राम प्रधानलाई तोकिएको छ यसैगरि देवानगञ्ज इन्चार्जमा हरिनन्दन मेहता र सहइन्चार्जमा प्रकाश साहलाई जिम्मेवारी दिइएको छ ।

दोस्रो पुर्ण बैठकले जिल्लाका १ सय २४ वटै वडा तथा टोल बस्तीहरुमा नेकपा एसको चुनाव चिन्ह् कलम रहेको झण्डा सेतो कपडा लेखी प्रत्येक पार्टी सदस्यहरुको घरमा अनिवार्य रुपमा राख्ने र चौक बजार पसलमा कलम चिन्हको प्रचार प्रसार गर्न नेता कार्यकर्ताहरुलाई सर्कुलर गरिने जानकारी अध्यक्ष निरौलाले दिए ।

यसैगरि पार्टी संगठन निमार्ण र सृढणीकरण अभियान चैत मसान्तसम्म संचालन गरिनेसमेत जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : ४१ बजे