१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मोरङको पथरी शनिश्चरेमा किरात मुन्धुम निसामहिम उद्घाटन



किरात समाचार : मोरङको पथरिशनिश्चरे १० स्थित किरात मुन्धुम  निसामहिम उद्घाटन भएको छ । किरात युमा माङहिम समितिको पहलमा उद्घाटन भएको निसामहिममा किरात लिम्बू भाषा लिपि पठनपाठन हुने भएको हो ।

गत सोमबार पथरि शनिश्चरे वडा नं. १० स्थित रहेको किरात युमा माङहिमको प्राङ्गणमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथी पथरी शनिश्चरे नपा मेयर दिलिप कुमार राई, र बिशेष अतिथी उप-मेयर यमुना बिष्ट (बास्तोला) ले संयुक्त रूपमा उद्घाटन गरेको थियो ।

निसामहिम उद्घाटन कार्यक्रममा बोल्दै मेयरले भने किरात भाषा लिपिको संरक्षण र सम्बर्द्धनको निम्ति सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा किरात धर्मावलम्बिहरुको बाक्लो उपस्थिति रहेको थियोे भने किराँत राई यायोख्खा केन्द्रिय सचिव अर्जुन जम्नेली राई ,र समाज रुपान्तरण टि.भीका संचालक अभिषेक राई, लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : २४ बजे