४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

माङ्सेवासाबा आसाम प्रान्तीय समितीको चौथो बार्षिक सम्मेलन सम्पन्न



किरात समाचार : आसामको तिनसुकियामा माङसेवासाबाको चौथो बार्षिक सम्मेलन सम्पन्न भएको छ ।

माङ्सेवासाबा आसाम प्रान्तीय समितीको चौथो बार्षिक सम्मेलन किरातेश्वर माङहिम २ नं. नाकङ पथार (केटेटङ ) जिल्ला  तीनसुकिया आसाममा भएको हो ।

यसैगरी मार्च ८, मा उपस्थिति र, ९ मा साक्मुरा वादेम्मा( गालिश्राप वहन्ती ) र येत्नाम्धुङ लाधुङसेमी सेवा किरातेश्वर हाङसाम थेबा माङहिम परिसरमा सेवा सम्पन्न भएको थियोे । साझ माङलाङ केलाङ साथै सांस्कृतिक कार्यक्रम समेत भएको एल बि किरातले जनाएको छ ।

सेवासाबाको बार्षिक सम्मेलन कार्यक्रममा आसाम प्रान्तीय अध्यक्ष खड्गबहादुर मेन्याङबो , नरबहादुर ईधिडगाे ,राजेन्द्र खिम्दिङ , प्रेम लाबुङ र बौद्ध संघको सत्तेलाल प्रेमलामा लगायतले किरात धर्म सम्बन्धि आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा आसामको विभिन्न क्षेत्रबाट आएका माङ्सेवासाबाहरु साथै धर्मावलम्बिहरुको बाक्लो उपस्थिति रहेको थियोे । यसैगरी मार्च ८ देखि सुरु भएर आज बिहिवार १० तारिख कार्यक्रम समापन गरिएको जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ३ : ५४ बजे