४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

किरात धर्मगुरु दम्पति पान्थर माङसवार



किरात समाचारः  किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ सा“बा पवित्रहाङमा लिङदेन पान्थर माङसवार हुनेभएको छ ।

शुक्रबार (भोलि) पान्थरको मिक्लाजुङ गाउ“पालिका २ र ४ को संगमस्थल बेउली ढुंगा जरिबोटे स्थित निर्माधिन बुद्ध पार्कमा किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ सा“बा पवित्रहाङमा लिङदेन माङसवार हुनेभएको हो ।

मिक्लाजुङ गाउ“पालिकाको आयोजनामा हुन गईरहेको कार्यक्रममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन प्रतिमा शिल्यान्यास गर्न किरात धर्मगुरु दम्पति सो स्थानमा जाने भएको हो ।

अङसीमाङ दम्पति मेखिम लुङ अवलोकन गर्नुहुनेछ । सोही स्थानमा किरात धर्मगुरुले सूर्यउदय अवलोकन गर्नुभएको स्थान हुदै निर्माधिन महागुरु फाल्गुनन्द प्रतिमा राखिने स्थान थामडाडा पुग्नुहुने मेखिमलुङ माङहिम निर्माण समितिका सचिब देबेन्द्र आङदेम्बेले बताए । त्यस पश्चात निर्माधिन बुद्ध प्रतिमाको अवलोकनसंगै अमृतमय आशिर्वचन समेत हुने मिक्लाजुङ गाउपालिका वडा ५ का अध्यक्ष अविसन लावतीले जानकारी दिए ।

कार्यक्रममा किरात धर्मका सर्बोच्च संस्था किरात चोत्लुङ अङसिमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ,गुरु पूर्व निजी सचिव नविन लिङदेन माङमिङसोहाङ, गुरु निजी आश्रम कृषि समितिका प्रतिनिधि, गुरु निजी कानुनी सल्लाहकारद्धय भिभ खत्री, एन.एस फागो,लगायतको प्रतिनिधिहरुको उपस्थिति रहने गाउ“पालिका अध्यक्ष अमर माखिमले किरात समाचारलाई जानकारी दिए ।

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ५ : २८ बजे