४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

कियाचु अध्यक्षमा प्रेम येक्तेन निर्वाचित



किरात समाचारः  पान्थरको फेदेनमा जारी किरात याक्थुङ चुम्लुङ्को ११औं महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । चार दिनसम्म चलेको महाधिवेशनले मंगलबार प्रेम येक्तेनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

गत फाल्गुन २८ गतेबाट सुरु भएको कियाचू महाधिवेशनको लामो छलफल पश्चात नयाँ नेतृत्व चयन भएको हो । नवनिर्वाचित समितिको उपाध्यक्षहरु कमल तिगेला, गोविन्द आङबुङ, कमला फोम्बो र चन्द्र कुमार आङ्देम्बे रहेका छन् ।

यसरी नै महासचिवमा निरन्ती तुम्बापो उपमहासचिवमा योगेन्द्र पालुङवा, सचिवहरुमा चक्र येक्तेन, दिलकुमारी लिम्बु, भवानी विक्रम सङबाङफे, भिम प्रसाद योङहाङ र कोषाध्यक्षमा अमर तुम्याहाङ निर्वाचित भएका छन् ।

सदस्यहरु पान्थरबाट लक्ष्मण लाओती, कमिता तुम्वापो, मोरङ्बाट सन्तोष सेरेङ, बिमला पालुङवा, भक्तपुरबाट सीता हुक्पा चोङबाङ, काठमाडौंबाट इन्द्र कुमारी लक्सम, आइन्द्र कुमार आङ्बो, सुनसरीबाट कर्ण विक्रम लिम्बू, झापाबाट अमृत योङहाङ, चन्द्रकला सुब्बा, संखुवासभाबाट उत्तम कुमार लिङ्थेप, धनकुटाबाट चन्द्र सिं नेम्बाङ, इलामबाट विष्णु कुमारी तुम्बापो, तेह्रथुमबाट राज्य प्रसाद लुम्फुङ्वा, ताप्लेजुङबाट ठाकुरसिं लिम्बू रहेका छन् ।

यसरी नै लिम्बुवान प्रदेशबाट केन्द्रीय सदस्यहरुमा मनोहर लिम्बू, जीवन प्रकश सेर्मा, विवेक योेङहाङ, डा. भीम सुब्बा, इक्सा सङबाङ्फे नाल्बो, नेवा ताम्सालिङ प्रदेशबाट रेश्मा खेवाङ र कविराज आङदेम्बे निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  २ : ५८ बजे