२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माङसेबुङका तीन युवाले १० लाख खर्चमा हङग्रायो खाजा घर शुभराम्भ गर्दै



किरात समाचारः पछिल्लो समय कोभिड महामारी कारण उठ्न नसकेको होटल व्यावसाय माङसेबुङका तीन युवाले हङग्रायो चक्चा हिमको आटगर्दै सुरु गर्ने भएको छ ।

शुक्रबार माङसेबुङ ५ भालुटारस्थित श्री सरस्वती माध्यामिक विद्यालय परिसरभित्र शिक्षक, विद्यार्थीहरु र आगान्तुकलाई लक्षित गरि हङग्रायो चक्चाहिम (चमेना गृह)को शुभराम्भ गर्ने भएको हो ।

हङग्रायो चक्चा हिम शुभराम्भको तयारी अवस्था

भोकका लागि हङग्रायो भन्ने नाराका साथ माङसेबुङका तीन युवा जलन आङबुहाङ, गुल्सन आङबुहाङ र दिवश साम्बाले करिव १० लाख खर्च गरेर चक्चाहिमको सुरु गर्न लागेको संचालक गुल्सन आङबुहाङले जानकारी दिए ।

आङबुहाङका अनुसार माङसेबुङ ५ विशेषगरेर शाकाहारी क्षेत्रभएको कारणले पनि चक्चाहिमले अडरनुसारका खाजाको व्यावस्था गर्दै आगान्तुक गा्रहकहरुलाई राम्रो सेवा दिने बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ३ : ५६ बजे