१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

कोरिया मौसमी कामदार लाने प्रक्रिया नपुगेको भन्दै फाकफोकथुममा सरोकारवालाहरुको खबरदारी



इलाम : दक्षिण कोरियामा मौसमी कामदार लाने सम्झौता भएको फाकफोकथुम गाउँपालिकाले कामदार लान स्थानीय नागरिकहरुबाट निवेदन लिइएकोमा आवश्यक प्रक्रिया पुरा नगरी छनौट गरेकोमा स्थानीय सरोकारवालाहरुले खबरदारी गरेका छन् ।

शुक्रबार  एक विज्ञप्ति प्रकाशित गर्दै गाउँपालिकामा धर्ना समेत दिएको स्थानीय युवानेता दिपक योङहाङले बताएका छन् । पालिकाले मनोमानी ढंगबाट निवेदन लिई छिमेकी जिल्ला झापाको विर्तामोडमा मेडिकल रिपोर्ट बनाउन बोलाइएको प्रति अपत्ती जनाउँदै यस्तो कार्यप्रति खेद प्रकट गरेका छन् ।

उनीहरुले सो कार्यको खारेज गरि निष्पक्ष र पारदर्शी ढंगले योग्य उम्मेद्वार छान्नु पर्ने माग राख्दै पुनः छनौट प्रक्रिया अघि बढाउन गाउँपालिकालाई अपिल गरेका छन् । विज्ञप्तिमा भनेका छन् मागलाई वेवास्ता गरेमा थप चरणबद्ध आन्दोलन गर्ने खबरदारी गरेका छन् । विज्ञिप्तमा विभिन्न राजनैतिक दलमा आबद्ध स्थानीय २ दर्जन भन्दा धेरै युवाहरुले हस्ताक्षर गरेका छन् ।   

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ५६ बजे