१० असार २०८१, आइतबार | Sun Jun 23 2024

नालीफूङ्वा मोरङ अध्यक्षमा आकाश लङ्वा लिम्बू निर्वाचित



किरात साम्यो नालिफुङ्वा थुम मोरङको पाँचौं सम्मेलनले नया नेतृत्व चयन गरेको छ । पुनः आकास लङ्वा लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

शुक्रबार नालिफुङ्वा मोरङको पाचौं सम्मेलन प्रमुख अतिथी किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको उपाध्यक्ष शंकर केरुङ लिम्बुको हस्तबाहुली बाट महाबत्तिमा दिप प्रजवलन गरि सम्मेलन उद्घाटन गरिएको थियोे ।


गत चैत ३ गते बाट सुरु भएको सम्मेलन लेटाङ ४ मोरङ स्थित किरात हाङ्साम माङ्हिमको प्राङ्गणमा सम्पन्न भएको सम्मेलनले शुक्रबार नया कार्यसमिति पाएको छ ।

सम्मेलन बाट निर्वाचित उपाध्यक्षहरु रुपराज खजुम , संगीता आङ्देम्बे रहेको छ । यसैगरी सचिवमा लक्ष्मी थेगिम , सह सचीव समीर चेम्जोङ , कोषाध्यक्ष धनकुमार वजि सह कोषाध्यक्ष सुमन वालिङ राई निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरु डम्बर तुम्बापो ,चिरञ्जीवी लावती , रेनुका इवाहाङ , भगिता वजि , सुरज सिंघक , सुमि चेम्जोङ , पिमुख इवाहाङ , तलुकहाङ चेम्जोङ , नवीन वजि , गिता तुम्बापो , आशा थेगिम , दिपेस राई रहेको छ ।     

कार्यक्रममा प्रमुख अतिथि किरात साम्यो मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष शंकर केरुङ, विशेष अतिथि रात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति मोरङका अध्यक्ष रामभक्त कुरुम्बाङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, लेटाङ क्याम्पसका प्रमुख वीरेन्द्र वनेम रहनु भएको थियो ।


किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङले सञ्चालन गरिरहेको नालीफूङवा अक्षयकोष स्थापनार्थ सहयोग गर्ने महानुभावहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङका भूपू अध्यक्ष पूर्ण बाजि, स्थानीय समाजसेवी भुवानीप्रसाद माखिम, साङदाङगेन वरुमसाबा संगम थेबे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङका अध्यक्ष आकाश लङवाको अध्यक्षतामा सम्पन्न सम्मेलन सचिव गगन लिङदमले सञ्चालन गरेका थिए । भने, स्वागत मन्तव्य उपाध्यक्ष कल्पना चबेगुले राखेकी थिए ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : २२ बजे