१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

नेकपा एसको प्रशिक्षण गोर्खेमा



फिक्कल : नेकपा एकिकृत समाजवादीको १ दिने प्रशिक्षण सूर्योदय नगरपालिका–१ गोर्खेमा सम्पन्न भएको छ । नेकपा एकीकृत समाजबादी वडा न १ अध्यक्ष दिल कुमार लिम्बूको अध्यक्षता एवम नेकपा एसका नेता सूर्य वाला राईको प्रमुख आतिथ्यतामा कार्यक्रममा विशेष अथितिहरु जिल्ला सचिवालय सदस्य ,रण बहादुर राई, जिल्ला उपाध्यक्ष चित्रकला वराईली, नगर इन्चार्ज तारा नेपाल, राज कुमार राई, सचिव लता अधिकारी लगायत सहभागी रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा इन्चार्ज तथा युवा संघ केन्द्रीय सदस्य दिपेश राईले गरेका थिए । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौं प्रवेश गरेका छन । नवप्रबेशीलाई प्रमुख अतिथी विशेष अतिथीले स्वागत गरेका थिए । यता नेकपा एसले तिब्र गतिमा संगठन बिस्तार र पाटी प्रबेश गराउदै आएको छ । एसले दैनिक विभिन्न टोल कमिटी गठन र पाटी प्रबेश गराउदै आएको छ ।

सू्योदय नगरपालिका वडा नं ३ माझगाउमा विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यता वडा नं ११ केराबारी र वडा नं १० को आहाले टोलमा टोल कमिटि गठन भएको छ । सूर्योदय नगरपालिका वडा नं ८ मा ८० घरपरिवारको सयौको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेको जिल्ला कमिटी सदस्य दिपेश राईले जानकारी दिए ।

निर्मल पाख्रिनको अध्यक्षता ५७ सदस्यीय वडा कमिटि समेत गठन भएको छ । त्यस्तै वडा नं ३ माथिल्लो कट्टेबुङमा .विकास थापाको नेतृत्वमा ३१ सदस्यीय टोल कमिटि गठन गरिएको एस नगरकमिटीले जनाएको छ ।

सूर्योदय नगरपालिका वडा नं ३ कट्टेबुङमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको टोल कमिटि गठन भएको छ । सूर्योदय नगरपालिका वडा नं ४ श्रीअन्तु,उन्युटारमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीको टोल कमिटि गठन तथा सानो श्रीबुङ टोलमा पार्टीका कार्यकर्ता भेटघाट र छलफल कार्यक्रम हालै सम्पन्न गरेको छ ।

लोकल सन्देशबाट

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ०२ बजे