६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

उर्लाबारीको आत्मानन्द मिङ्सो माङ्हिम ( फोटो फिचर )



किरात समाचार : पुर्बी नेपालको प्रदेश नं. १ मोरङ जिल्लाको उर्लाबारी नगरपालिका अवस्थित आत्मानन्द मिङ्सो माङहिम रहेको छ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ्ज्युको नामबाट माङहिमको नामकरण गरिएको  हो ।  बि:स ०६६ साल चैत ३० गते सोमबार  किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम द्वारा यस माङहिम शिलान्यास भएको थियोे  ।

 


आत्मानन्द मिङ्सो माङ्हिम बि : स २०६९ साल माघ २५ गते  बिहिवारका दिन बर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको गरिमामय देव उपस्थितिमा माङ्हिम उद्घाटन भएको थियो ।

 

उर्लाबारी नगर भित्र रहेको धार्मिक सम्पदाहरु मध्ये आत्मानन्द मिङ्सो माङहिम ( मन्दिर) पनि पर्दछ । यस माङहिममा बिहान बेलुका तान्छो युन्छो सेवा हुने माङहिमका सेवासाबा मिलन लाबुङले बताएका छन्  ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : २८ बजे