७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

१ करोड २५ लाखको महागुरु फाल्गुनन्दको प्रतिमा ताप्लेजुङमा स्थापना हुदै



किरात समाचारः ताप्लेजुङस्थित फुङलिङ नगरपालिका ४ तोक्मेडाडामा १ करोड खर्चगर्दै महागुरु फाल्गुनन्द लिङदेन प्रतिमा स्थापना हुने भएको छ ।

किरात धर्मावलम्बीहरुको विशेष सकृयतामा फुङलिङ बजारको तोक्मेडाडामा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १७ फिट उचाईमा रहेको पूर्णकदको प्रतिमा स्थापना गर्न लागेको निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बुले जानकारी दिएको हो ।

मंगलबार माङसेबुङको गुरुआश्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेनले महागुरु प्रतिमामा पुज्नुहुदै ताप्लेजुङमा फाल्गुनन्दको आशिर्वाद मिल्नेकुरा बताउनु भयो ।
आजै ताप्लेजुङकै खेजेनिमस्थित किरात हाङसाम खाम्बुलिङ नाहाङमायक माङहिममा पनि ७ फिट उचाईको पूर्णकदको प्रतिमा (शालिक) किरात धर्मगुरुले अभिशेक गर्नुहुदै ताप्लेजङबासी सबैमा शान्तिको कामना गर्नुभयो ।

एकैसाथ स्थापना गर्नका लागि माङसेबुङबाट लगिसकिएको छ । करिब २५ लाख खर्च गरेर खेजेनिममा स्थापना गर्न लागेकोपनि प्रतिमा निर्माण समितिका आर्थिक संयोजक मानबहादुर साम्राले बताए ।

किरात धर्मगुरुको नेपालभरि १ सय ८ महागुरु फाल्गुनन्द प्रतिमा (शालिक) स्थापना गर्ने दिर्घकालिन योजनालाई साकार गर्नका लागि प्रतिमा निर्माण गर्न माङसेबुङ हेरिटेजले जिम्मा लिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ३९ बजे